आँपको अचार

सबैभन्दा पहिला काँचो आँपलाई राम्रोसंग पखालेर । सानो सानो टक्रागरेर काट्नुस । वियाँ फाल्नुहोला । त्यसपछी चर्को घाममा करिव ५ट घण्टा जती सुकाउनुस ।
त्यसपछी नुन र बेसार राखेर मिक्स गर्नुहोस । त्यसपछी तोरी र रायोको गेडा फ्राइ गर्नुस र यसको साथै सुकेको खुर्सानी, मेथी, जीरा, सोफ, पनि फ्राइ गर्नुहोस यसपछी यसलाई सेलाउन दिनुहोस । सेलाई सकेपछी पीस्नुहोस यो पीसेको धुलो बेसार नुन राखेको आँपमा राख्नुहोस । यसपछी तोरीको तेलपनि तताएर यही आँपमा राख्नुहोस र मिक्स गर्नुहोस र एउटा सफा शिसीमा राखेर करिव १५ दिन जति घाममा राख्नुहोस त्यसपछी खानको लागि तयार हुन्छ आँपको अचार ।

आँपको अचार बनाउने पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

 

  • 196418Total reads: