सुजीको हलुवा

सजिलो खाजाको रुपमा सुजीको हलुवालाई लिन सकिन्छ । कसैकसैले त ब्रतको बेलामा चोखो खानाको रुपमा पनि प्रयोग गर्ने गरिन्छ ।
सुजीको हलुवा बनाउनकोलागि सुजी, चिनी, घ्युको साथै काजु, नरिवल, बदाम, किसमिस आदी ड्राइफ्रुटका साथै सुकुमेलको पनि प्रयोग गरिन्छ ।

सुजीको हलुवा बनाउन सबै भन्दा पहिला सुकुमेललाई हल्का भुट्नु पर्छ वा फ्राइगर्नुपर्छ । यसको साथै ड्राइफ्रुटलाई पनि फ्राइगर्दा राम्रो नै हुन्छ वा पछी फ्राइ नगरी राख्दा पनि हुन्छ ।
यसरी ड्राइफ्रुट र सुकुमेल फ्राइ गरिसकेपछी एउटा भाँडा तताएर त्यसमा घ्यु तताउन राख्नुपर्छ । घ्यु तातीसकेपछी त्यसमा सुजी राख्ने र मध्यम आगोमा रातारातो सुदासम्म फ्राइगर्नुपर्छ । सुजी रातोरातो भएपछि त्यसमा सुकुमेलको धुलो र डइफ्रुटहरु राखेर एकैछिन फ्राइ गर्ने र त्यसपछी चिनीराखेर केहि समय चिनी पुरै घुल्न दिनु पर्छ र
चिनी घुलीसकेपछी त्यसमा पानी राखेर केहिवेर चलाएपछी तयार हुन्छ सुजीको हलुवा खानकोलागि ।
बाँकी जानकारीको लागि यो भिडियो हेर्नुहोला ।

 

  • 2Read This News:
  • 186380Total reads:
  • 103129Total visitors:

Be the first to comment

Leave a Reply