रोजमेरी चिकेन रोष्ट

रोजमेरी चिकेन रोष्ट घरमै बनाउने सजिलो तरिकाको बारेमा यहाँहरुलाई जानकारी दिदैछु ।

सबैभन्दा पहिला के हो त रोजमेरी ?

रोजमेरीलाई एक आयुर्वेदिक बनस्पतिको रुपमा लिइन्छ । यो औषधीजन्य बनस्पति हो । यसवाट तेलपनि निकालिन्छ । बिषेशगरी भान्छामा बढी प्रयोग हुन्छ । यहि रोजमेरी प्रयोग गरेर चिकेन रोष्ट बनाउदैछौ ।

सबैभन्दा पहिला खाने तेल तताउनुपर्छ त्यो तेल तात्नु अगाडी नुन स्वाद अनुसार, बेसार, धुलो खुर्सानी, मीट मसाला, जिराधनीयाको धुलो र लसुन अदुवाको पेष्ट वा धुलो एकैठाउँमा मिसाउने र तताउन राखेको तेल तातेपछी त्यो तेल यो मिक्समा राखेर पेष्ट बनाउने र चिकेनमा राख्ने यसको साथसाथै कागतीको रस, दही र रोजमेरीमा पत्ता राखेर करिव १० मिनेट जति मोल्ने र त्यसपछी करिव २ घण्टा जति यत्तीकै राख्ने वा फ्रिजमा राख्ने ।

२ घण्टा पछी एउटा भाडाँ तताउने र अघि मोलेर राखेको चिकेन (कुखुराको मासु) लाई फ्राइ वा रोष्ट गर्नको लागि खाने तेल राख्ने, तेल ताते पछि मोलेर राखेको चिकेन राखेर मध्यम आगोमा बिस्तारै पकाउने (फ्राइ वा रोष्ट) गर्ने । रातो रातो भएपछि तेलवाट निकाल्नु पर्छ ।

यति गरेपछी तयार हुन्छ रोजमेरी चिकेन रोष्ट खानकालागि ।
बाँकी पकाउने विधीको बारेमा जानकारी लिनको लागि यो भिडियो हेर्नुहोला ।

 

  • 3Read This News:
  • 186380Total reads:
  • 103129Total visitors: