Print

१३३औँ चक्रपाणि चालिसे जन्मजयन्ती एवम् पुरस्कार वितरण

भक्तपुर, २२ कात्तिक । भक्तपुरको कटुञ्जेमा चक्रपाणि स्मारक प्रतिष्ठानले साहित्यकार चक्रपाणि चालिसेको १३३औँ जन्मजयन्ती मनाएको छ ।

कटुञ्जेको चालिसे स्मारक क्षेत्रमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले भक्तपुरका साहित्यकार धु्रव मधिकर्मीलाई नगद रु १० हजारसहित चक्रपाणि स्मृति पुरस्कारबाट सम्मान गर्नुभयो ।

सो अवसरमा बागेश्वरी उच्च माविबाट यस वर्षको एसएलसी परीक्षामा नेपाली विषयमा ८५ प्रतिशत अङ्क ल्याउने आयुषा सुवाल र विनिता माकजूलाई जनही नगद रु २ हजार ५०० सहित सम्मान गरेको छ ।

कार्यक्रममा साहित्यकारहरू तजेश्वरबाबु ग्वगं, किशोर पहाडी, ईश्वर आचार्य, प्रतिष्ठानका पूर्व अध्यक्ष राममणि ढुङ्गेललगायतले साहित्यकार चालिसेले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष कृष्णमुरारी तिमिल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यकारहरूले आफ्ना रचना वाचन गर्नुभएको थियो ।