काठमाडौं, ७ जेष्ठ, २०७४ । देव कर्नर सेवा समितिले आयोजना गरेको २० औँ खुल्ला रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौंको नक्सालमा शनिवार गरीएको रक्तदान कार्यक्रममा १ सय २६ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नका लागि महिला तथा पुरुषहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
रगतको अभावमा कसैले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यका साथ वर्षको दुर्इ पटक देव कर्नर सेवा समितिले रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको समितिका अध्यक्ष देव सुन्दर शाक्यले बताए । नेपाल रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
समितिले २०६० सालदेखि काठमाडौँ उपत्यकामा निःशुल्क शव वाहन सेवा र २०६३ साल देखि निःशुल्क जेष्ठ नागरिक हेरचाह केन्द्र वृद्धाश्रम सञ्चालन गरिरहेको छ । यसका साथै अर्ध वार्षिक रुपमा नियमित रक्तदान कार्यक्रमसमेत गर्दै आइरहेको छ ।


