१२ दिनदेखि नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध

बैतडी, ५ जेठ २०७४। नेपाल टेलिकमको बैतडीमा रहेका २ वटा टावरमा चट्याङले क्षति पुर्याउँदा १२ दिनदेखि मोबाइल सेवा अवरुद्ध भएको छ ।

गत वैशाख २५ गते परेको चट्याङले सतबाँझ र सिल्लेकमा रहेको टावरमा क्षति पुर्याउँदा फोन सेवा अवरुद्ध भएको र सुचारुहुन अझ एक–दुई दिन लाग्ने नेपाल टेलिकम बैतडीका प्राविधिक रामजी घिमिरेले बताउनुभयो ।

मोबाईल सेवा अवरुद्ध हुँदा सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाको केही क्षेत्रलगायत स्थानीय बासिन्दा सञ्चारविहीन भएका स्थानीयवासी जयराज अवस्थीले जानकारी दिनुभयो ।

सतबाँझमा रहेको टावरले काम नगर्दा सुर्नया गाउँपालिकाको शिखरपुर, शङ्करपुर, रौलेश्वर, वासुलिङ्ग, भौनेलीलगायत क्षेत्र, पाटन नगरपालिकाको गुजर, सिद्धेश्वरलगायत ठाउँमा समेत फोनसेवा अवरुद्ध भएको छ भने सिल्लेकमा रहको टावरले काम नगर्दा दोगडाकेदार गाउँपालिकाका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् । फोन सेवा अवरुद्ध हुँदा हजारौँ ग्राहकलाई समस्या हुुनाका साथै सञ्चारविहीन भएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*