काठमाण्डौँ, २८ बैशाख २०७४ । एशियन बडि बिल्डिङ्ग एण्ड स्पोर्टस् च्याम्पियनसीपमा स्वर्ण पदक प्राप्त गरेका महेस्वर महर्जनलाई प्रधान मन्त्री पुष्प कमल दाहाल प्रचण्डले सम्मान गर्नु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अखिल नेपाल खेलकुद संघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले स्वर्ण पदक विजेता महर्जनलाई सम्मान गर्नु भएको हो ।
सन् २०१६ को सेप्टेम्बर महिनामा भुटानमा सम्पन्न एशियन बडि बिल्डिङ्ग एण्ड स्पोर्टस् च्याम्पियनसीपको ७५ केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रको विकासले युवाहरुको शारीरिक र बौद्धिक विकास गर्नुका साथ साथै देशको गरिमा र स्वाभिमान बढाउने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रको विकासका लागि सरकारले सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गुर्नभयो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको पनि उपस्थिती रहेको थियो ।