विदुर नगरपालिकामा एमाले विजयी

नुवाकोट, ५ जेठ २०७४ । स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटको विदुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।

१३ वटा वडा रहेको विदुरमा प्राप्त मतपरिणामअनुसार प्रमुख पदमा एमालेका उम्मेदवार सञ्जु पण्डित ९ हजार ७ सय १६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार धु्रव अधिकारीले ८ हजार ७ सय ४२ मत ल्याउनुभएको छ ।

यस्तै, उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार गीता दाहाल अर्याल ९ हजार १ सय २४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकाका उम्मेदवार गीता अमात्यले ९ हजार मत ल्याउनुभएको छ । उपप्रमुख पदमा २२ मतको मात्र फरक छ ।

नुवाकोटमा यसअघि नेकाका उम्मेदवार किस्पाङ, तादी, लिखु, दुप्चेश्वर, सूर्यगढी, शिवपुरी र मेघाङमा गाँउपालिका प्रमुखमा विजयी भएका छन् ।

तार्केश्वर गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए । ककनी गापामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अब नुवाकोटमा पञ्चकन्या गाउँपालिका र बेलकोटगढी नगरपालिकाको मात्र नतिजा आउन बाँकी रहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*