राष्ट्रिय सुरक्षार्थ टर्कीले ‘साइबर आर्मी’को व्यवस्था गर्ने

टर्की, ५ जेठ २०७४। टर्कीले आफ्नो देशमा सम्भावित साइवर आक्रमण हुनसक्ने विश्लेषण गर्दै यसबाट जोगाउन ‘साइबर आर्मी’ को व्यवस्था गर्ने टर्कीका यातायात, सामुद्रिक यातायात र सञ्चारमन्त्री अहमेत आर्सलनले बिहीबार बताउनुभएको छ ।

सरकारले राष्ट्रिय साइबर सुरक्षा संरचनालाई मजबुद पार्न सुरुमा ५ समूहको प्राविधिक सेनाको गठन गर्ने र यसलाई विस्तारै विस्तार गर्दै लाने उहाँले बताउनुभयो ।

यसअन्तर्गत सुरुमा करिब १३ हजार सेतो टोपी पहिरेका अनलाइन सुरक्षा गार्डलाई सार्वजनिक रुपमा कामपा पठाइने उहाँले बताउनुभयो ।

टर्कीमा आगामी केही दिनभित्र साइबर आक्रमण हुनसक्ने खतरा रहेको सूचनाका आधारमा सरकारले सुरक्षा प्राविधिकलाई थप सशक्त बनाएको, सञ्चारमन्त्रीको दाबी छ ।

सन् २०१६ मा टर्कीमा भएको असफल राज्य विद्रोह पछि यहाँको प्रशासनले हरेक क्षेत्रमा सुरक्षा स्थितिलाई चुस्तदुरुस्त पार्दै आएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*