भारतले रेलमा कोइलाको प्रयोगमा कम गर्दै लाने

भारत, ३० असार २०७४ । भारतका रेलहरुमा कोइलाको प्रयोग कम गर्दै बैकल्पिक उर्जाको प्रयोगलाई बढाउने भारतीय रेलसेवा मन्त्री सुरेश प्रभुले बताउनु भएको छ ।

“अवैध व्यापार र भाडा दुवै भविश्यमा बढ्दै जाने छन्, ग्यास उत्सर्जनका लागि हरित गृहको बेवस्ता गरेको र बजारको माग अनुसार ती दुवै चुनौतीहरुलाई रेल सेवाले सामना गर्नेछ,” उहाँले राजधानी नयाँ दिल्लीमा भन्नुभयो ।

कोइला उत्पादन गर्ने कारखानाबाट उत्पादित कोइला ठूलो मात्रामा भारतको राज्यद्धारा संचालित रेलहरूले खपत गर्दै आइरहेका छन् ।

मन्त्री प्रभुले गत महिना पनि भारतीय रेल सेवालाई कोइलामाथिको निर्भरता कम गर्न परम्परागत रेलमार्गमा सुधार गर्दै विद्युतीय रेलमार्ग बनाउने बताउनु भएको थियो ।

“वातावरणीय प्रभावलाई ध्यान दिँदै हामीले परम्परागत प्रयोगलाई कम गर्ने प्रयास गरिरहेका छौं, अव विद्युतीय रेलमार्ग बनाउने लगायतका नयाँ प्रयोगका प्रयासहरु सुरु गर्ने छौं र कोइलाको प्रयोग कम हुनेछ,” उहाँले विश्व वातावरण दिवसको अवसरमा भन्नुभयो ।

भारतीय रेल सेवा विश्वकै सवै भन्दा ठुलो सञ्जाल भएको रेल सेवा हो । भारतमा झण्डै ९ हजार रेलहरू सञ्चालनमा रहेका छन् भने हरेक दिन १ करोड ८० लाखले रेल सेवाको प्रयोग गर्दछन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*