बिहान ७ बजेदेखि चितवनमा मतदान शुरु

चितवन, २१ मंसिर २०७४ । चितवनमा बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माका अनुसार जिल्लाका ३ निर्वाचन क्षेत्रका १६१ मतदानस्थलका ४०८ मतदान केन्द्रमा मतदान शुरु भएको हो ।

निर्वाचन सम्पन्न गर्नका लागि ३ हजार २६४ जना कर्मचारी, १ हजार ६२७ स्वमंसेवक परिचालन गरिएको छ । ५ सयभन्दा बढी मतदाता रहेको केन्द्रमा १२ जना कर्मचारी र स्वमंसेवक परिचालन गरिएको छ भने ५०० भन्दा कम मतदाता रहेको केन्द्रमा ११ जना कर्मचारी र स्वमंसेवक खटाइएको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका परेको छ । यस्तै क्षेत्र नं २ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ वडा समेटिएको छ । निर्वाचन क्षेत्र नम्बर ३ मा माडी नगरपालिका र भरतपुर महानगरपालिका वडा नम्बर ६, ८, ९ तथा १३ देखि २८ नम्बरसम्मका वडा समेटिएको छ ।

जिल्लामा मतदाता संख्या ३ लाख ५४ हजार ३६ रहेको छ । जसमा एकजना तेस्रोलिंगी पनि छन् । कार्यालयका अनुसार एक लाख ८४ हजार ६८ जना महिला र १ लाख ६९ हजार ९६७ जना पुरुष मतदाता रहेका छन् ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख १९ हजार ९९८ मतदाता छन् । यस्तै क्षेत्र नम्बर २ मा १ लाख ८ हजार २१९, क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८१८ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिनुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*