प्याब्सन–एनप्याब्सन कार्यालयमा ताला

काठमाडौं १५ चैत, २०७४ । अभिभावकसँग चर्को शुल्क लिएको जनाउँदै संयुक्त विद्यार्थी संगठनले देशभरका निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय संगठन (एनप्याब्सन)को कार्यालयमा तालाबन्दी गरेका छन् ।

मंगलबारदेखि आन्दोलनमा उत्रिएका नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) लगायत विद्यार्थी संगठनले वृद्धि शुल्क फिर्ताको माग गर्दै प्याब्सन र एनप्याब्सन कार्यालयमा तालाबन्दी गरेका हुन् ।

अनेरास्ववियु अध्यक्ष नवीना लामाले विद्यालयले मनोमानी शुल्क लिएको आरोप लगाउँदै तिनलाई कानुनी दायरामा ल्याउन तालाबन्दी गरिएको बताइन् ।

प्याब्सन काठमाडौं डिल्लीबजारस्थित र एनप्याब्सनको ललितपुर कुपन्डोलको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको हो । प्याब्सनका ७३ जिल्ला र एनप्याब्सनका ४० जिल्लामा कार्यालय छन् ।प्याब्सन महासचिव राजेन्द्र बानियाँले तत्काल दुई पक्षलाईराखेर तालाबन्दी खुलाउन सरकारसँग माग गरे । वृद्धि शुल्क फिर्ताको माग गर्दै विद्यार्थी संगठनले देशभरका निजी विद्यालयको लेखा र प्रशासन कार्यालयमा तालाबन्दी गरेका छन् ।

Source: RSS/Rajdhani Daily: http://rajdhanidaily.com/2017/04/28/29242/

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*