पुतलीबजार नगरपालिकामा नेकपा एमालेका प्रमुख र उपप्रमुख विजयी

स्याङ्जा, ५ जेठ । स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख पदमा महिला उम्मेदवार विजयी हुनुभएको छ ।

गएराति सम्पन्न मतगणनाबाट नेकपा (एमाले)बाट उम्मेदवारी दिनुभएकी सीमा क्षेत्री कुल १० हजार २ सय ४९ मत ल्याई विजयी हुनुभएको हो । क्षेत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसीराम रेग्मीले ९ हजार २९ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, उपप्रमुख पदमा पनि नेकपा (एमाले)कै महेश पुरी १० हजार ३ सय ८८ मतसहित विजयी हुनुभयो भने नेकाकी हिरादेवी शर्माले ८ हजार ४ सय ४४ मत ल्याउनुभएको थियो ।

जम्मा १४ वटा वडा रहेको पुतलीबजार नगरपालिकाको १० वटा वडामा नेकपा (एमाले) र ४ वटा वडामा नेका विजयी भएको हो । पुतलीबजारको मतगणना सकिएसँगै स्याङ्जा जिल्लाका सबै ११ वटै स्थानीय तहको नतिजा आइसकेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*