दुव्र्यवहारको आरोप लगाइएका बेलायती नेता सर्जन्ट मृत फेला

बेलायत, २२ कात्तिक २०७४ । वेल्स सरकारमा रहेकै समय दुव्र्यवहार आरोप लागि केही दिन पहिले पदबाट राजिनामा दिएका बेलायती नेता काल्र्स सर्जन्ट मृत अवस्थामा भेटिएका उहाँको पारिवारिक स्रोतले मङ्गलबार जनाएको छ ।

महिलामाथि दुव्यवहार आरोप लागेपछि केहीदिन पहिले उहाँले वेल्स सरकारको मन्त्रीबाट राजिनामा दिनुभएको थियो । सर्जन्टले आत्महत्या गरेको हुनसक्ने बताइएको छ ।

सर्जन्टले यही नोभेम्बर ३ मा मन्त्रीबाट राजिनामा दिनुभएको थियो । सरकारबाट राजिनामा गरेपछि उहाँको दल लेबर पार्टीले पार्टीबाट पनि निलम्बन गरेको थियो ।

 

  • 36Read This News:
  • 260577Total reads:
  • 129901Total visitors: