क्यामरुनमा बम विस्फोट, कम्तीमा १४ जनाको मृत्यु

क्यामरुन, ३० असार २०७४। क्यामरुन उत्तरीक्षेत्रमा बुधबार बेलुका भएको आत्मघाती बम विस्फोटनमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

घटनामा परी अन्य ३० जना घाइते भएको सुरक्षा अधिकारीहरुले जानकारी दिएको छ ।

स्थानीय सञ्चार माध्यमहरुले सुरक्षा अधिकारीहरुलाई उदृत गर्दै नाइजेरियासँगको सिमा क्षेत्रमा विस्फोटन भएको बताएका छन् ।
विस्फोटनमा आतङ्कबादी समूह बोको हराम संलग्नता रहेको आशङ्का गरिएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*