इरानमा नयाँ राष्ट्रपतिका लागि मतदान शुरु

इरान, ५ जेठ २०७४ । इरानमा नयाँ राष्ट्रपति चयनका लागि स्थानीय समयअनुसार शुक्रबार विहान ०८ बजेदेखि मतदान सुरु भएको छ ।

इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीले पहिलो मतदान गरेर मतदान कार्यको सुरुवात गरिएको थियो ।

मतदानका लागि सर्वोच्च नेता खामेनी मतदान सुरु हुनुभन्दा अगाडि नै मतदान केन्द्रमा पुग्नु भएको थियो ।

इश्लामीक गणतन्त्रात्मक मुलुकका लागि राष्ट्रपतिय निर्वाचन निकै महत्वपूर्ण हुने भएकाले निर्वाचनमा जनताले ध्यान दिनुपर्ने सर्वोच्च नेता खामेनी टेलिभिजनबाट प्रत्यक्ष प्रसारणको क्रममा भन्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*