आज देखी नारायणगढ–मुग्लिन सडक दिउँसो स्तरोन्नतीको लागि बन्दहुने

चितवन, ४ जेठ २०७४। निर्वाचनका कारण १० दिनका लागि दिउँसो यातायात सञ्चालन गर्न दिइएको नारायणगढ–मुग्लिन सडकमा आजदेखि पुनः सडक बन्द गरेर काम थालिने भएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात बन्द गरेर नियमित निर्माण कार्य गरिने बताउनु भयो ।

निर्वाचनको लागि बिदामा गएका मजदुरहरु पनि काममा फर्किएकाले आजदेखि कामलाई तीव्रता दिइने बताउनुभयो । कतिपय मजदुर निर्वाचनमा गएपछि बाँकी रहेका मजदुरले सामान्य काम गरेको भएपनि सडक अवरुद्ध हुने गरी काम भएको थिएन ।

उक्त सडकको अहिलेसम्म ४७ प्रतिशत मात्रै काम भएको छ । भित्तो काट्ने काम बाँकी भए पनि कतिपय ठाउँमा कालोपत्र गर्ने काम सुरु भएको छ । वर्षात् अघि १२ किलोमिटर कालोपत्र गर्ने लक्ष्य राखिएको भएपनि अहिले सम्म २ किलोमिटरमात्र कालोपत्रे गरिएकोछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*